सेन्डमार्टिन इन्टरनेशन होल्डिंग लिमिटेड डी.एच.आइ को टेक्नोलोजी पार्टनर
काठमाडौँ। पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु बिक्री वितरण गर्दै आएका डिएचआईले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ।
नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा बिक्री वितरण गर्न थालेको हो।
पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरिय विधुतिय उपकरण उत्पादन र बिक्री वितरण गर्नको लागि ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई टेक्नोलोजि पार्टनरको रुपमा भित्राउन डिएचआई सफल भएको छ।
यो सम्झौता पश्चात डिएचआई टेक्नोलोजी र नेपालमा विधुतिय उपकरण निर्माणको गतिलाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment