भीरबाट लडेर एकको मृत्यु
बाजुरा । जिल्लाको गौमुल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर आज एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–२ मल्दुगुनका स्थानीय ४५ वर्षीय रामबहादुर बोहरा रहेका छन् । गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका बेला लडेर घटनास्थलमै मृत्यु भएको आफन्त शुक्रराज बोहराले जानकारी दिए । उनले बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा लडेर मृत्यु भएको अवस्थामा फेला पारेको बताए । मृतकका दुई छोरा, एक छोरी र श्रीमती छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment