लिम्चुङबुङ गाउँपालिका उदयपुरको पर्यटन सल्लाहकारमा रामसुन्दर बके नियुक्त 

डिसी नेपाल
६ माघ २०७९ १०:२५
92
Shares

काठमाडौँ। लिम्चुङबुङ गाउँकार्यपालिकाले पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिर्साेट रानीकोट भक्तपुरका सञ्चालक रामसुन्दर बकेलाई गाउँपालिकाको पर्यटन सल्लाहकार नियुक्त गरेको छ। पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै बाराहा स्थित लिम्चुङबुङ गाउँकार्यपालिकाको नवौं बैठकले बकेलाई सल्लाहकारमा नियुक्त गरेको हो।

पर्यटन सल्लाहकारमा नियुक्त गरेको गाउँपालिका परिवारलाई धन्यवाद दिँदै सल्लाहकार बकेले पर्यटन विकासमा थप जाँगर र  हौसला मिलेको बताए। ‘जे पाक्छ त्यही बिक्छ अभियान’ अन्तरगत ‘गाउँ गाउँमा होम स्टे घरघरमा रोजगार’ भन्ने नारालाई सार्थक बनाउँन टेवा पुग्ने भन्दै गाउँपालिकाको पर्यटन विकासमा आफुले सकेसम्म अघि बढ्ने बकेले बताए।

नियुक्ति पत्र बुझ्दै पर्यटन सल्लाहकार बकेले लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राईलाई रानीकोटमा भादगाउँले टोपी र जुजु धौले स्वागत एवं सम्मानसहित पर्यटन सल्लाहकारमा नियुक्त गरेकाेमा धन्यवाद दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *