‘भिजिबिलिटी’ कम हुँदा उडान प्रभावित, नेपालगञ्जबाट आएको जहाज भद्रपुरमा, मलेसियाबाट आएको कलकत्तामा

डिसी नेपाल
६ माघ २०७९ १०:५९
128
Shares

काठमाडौं। त्रिभुवन विमानस्थलमा बाक्लो हुस्सु(कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक र अन्तरराष्ट्रिय उडान प्रभावित भएका छन्।

विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

आज बिहान भिजिविलिटी कम भएकाले विभिन्न ठाउँबाट आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन्।

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि झापाको भद्रपुर पुगेको छ। यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कलकत्तामा पुगेको छ।

नेपालगञ्ज विमानस्थलबाट बिहान साढे ७ बजे उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि झापाको भद्रपुर पुगेको थियो।

काठमाडौं विमानस्थलमा अवतरण गर्न भिजिबिलिटी नपुगेपछि जहाज भद्रपुर गएको श्री एयरलाइन्सले जनाएको छ। उता क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको ४१६ जहाज पनिअवतरण गर्न नसकेपछि कलकत्ता पुगेको हो।

बिहानैदेखि उडान प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् ।

देशभर आन्तरिकतर्फ दैनिक करिब तीनसय उडान हुन्छन् । बुद्ध एयरको सबैभन्दा बढी दुईतर्फी करिब एक सय ५० उडान हुन्छ ।

यती एयरलाइन्सको दैनिक ५८ उडान हुनेगरेको छ । यस्तै आन्तरिक उडानमा श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सले पनि विभिन्न गन्तव्यमा उडान गर्छन् ।

आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *