चोरीमा संलग्न रहेको आराेपमा १९ वर्षीय युवक पक्राउ

डिसी नेपाल
६ माघ २०७९ १३:३९
192
Shares

दाङ। घोराही उपमहानगरपालिका-१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राईभेट लिमिटेडको (अनलाईन सपिङ) कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आराेपमा  एक युवक पक्राउ परेको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-३ गोग्ली घर भई सोही उपमहानगरपालिका-१५ आईरनगेट नजिक डेरा गरी बस्ने १९ वर्षीय रेशम चौधरी रहेका छन्।

उक्त कार्यालयमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चोरीमा संलग्न सोही लिमिटेडमा कार्यरत कर्मचारी चौधरीलाई नगद १ लाख ८८ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *