इलामको एक जंगलमा अधवैसे पुरुषको शव फेला

डिसी नेपाल
६ माघ २०७९ १९:१९
24
Shares

बिर्तामोड । इलामको माई नगरपालिका स्थित मैनाचुली सामुदायिक बनको जंगलमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

दाउरा लिन गएका स्थानीयले बिहीबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले जानकारी दिए ।

अधवैसे उमेरका ती व्याक्तिको शवको पहिचान भएको छैन । प्रहरी निरीक्षक  खड्काका अनुसार ती व्यक्तिको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को पानी ट्यांकीदेखि २ किलोमिटर उत्तर जंगलको खोल्सामा शब फेला परेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *