गोदावरीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
६ माघ २०७९ १९:३९
756
Shares

धनगढी । कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सहचालक कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० का ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो ।

शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । चालक पुनर्वास नगरपालिका वडा नम्बर १० का ४१ वर्षीय सत्तु राना पनि घाइते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *