नवजात शिशु फेला

डिसी नेपाल
६ माघ २०७९ २३:०७
120
Shares

इनरुवा । सुनसरीको बराह क्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा बिहीबार नवजात शिशु फेला परेको छ ।

कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु (छोरी) फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

नवजात शिशुलाई कसले जङ्गलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.