कविता : सत्ययुग देखि आजको भूईं मान्छे
मलाई गुप्त रुपमा बचाउने बिदुर छैनन्
महावली भिम र लडाकु अर्जुन छैनन्
कर्ण जस्तो मित्र छैनन मेरो लागि लडने
मेरा तर्फबाट लडने देवब्रत भिष्म छैनन मृत्यु को कारण बताइ
बाण छातीमा हान्न लगाउने पितामह पनि छैनन्
मन मनबाट आशिर्वाद दिने द्रोणाचार्य छैनन्
मेरो यूद्ध को लागि फुपुको छोरा कृष्ण छैनन्
मामा शल्य र जेठान धृष्टधुम्न छैनन्
भतिजो अभिमन्यु भाइ दुषासन छैनन्
न राज्यहरू छन् न सेना छन्
मत द्वापरयुगमा पनि आज पनि एक्लै छु
बरु वेला वेलामा लडेका छौ तिनको सत्ता को लागि
म भुई मान्छे मेरा आफन्तहरु भूईं मान्छे
एक्लै लडदै आइरहेको म आम मान्छे
मेरो कथा व्यथा लेख्ने वेदव्यास भएनन्
मेरो कथा व्यथा आफैं लेखेर भुसको तकिया मुनी राखेको छु
सगरमाथा जस्तै उचाईमा पुगे भन्नेहरूबाट
लाक्षागृहको जालो बुनेर आगलागी नगरेमा
हिजो को पुरातत्व उत्खनन को क्रममा
वर्तमान भन्न मसानघाट होइन चौतारीमा जादैछु म आम मान्छे।
No ads found for this position


Facebook Comment