माधव नारायण मेलाका व्रतालुहरुले पशुपति पुगेर बाग्मतीमा स्नान गरे

डिसी नेपाल
७ माघ २०७९ १६:४७
72
Shares

काठमाडौं। माधव नारायण मेलाका व्रतालुहरुले शनिबार बिहान पशुपतिस्थित बाग्मती नदीमा स्नान गरेका छन्।

काठमाडौंको साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन समेत गरेका छन्। पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि व्रतालुहरु शुक्रबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए।

पशुपतिनाथको दर्शनपछि बर्तालुले ताम्रेश्वरमा पुगी अघ्र्यदान गरेका छन्। ताम्रेश्वरमा अघ्र्यदानपछि बर्तालु पैदल हिँडेर सलम्पाख भनिने सानोगौचरणमा पुगेर भोजन गर्ने प्रचलन छ। भोजनपछि बर्तालु दक्षिणकाली नगरपालिकाको शेषनारायणमा गएर बास बस्छन्।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ। माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ।

हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ। त्यसबेलादेखि नै माधव नारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।

एक महिने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, पनौतीलगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *