चमेलिया किनारमा महिलाको शव भेटियो

डिसी नेपाल
७ माघ २०७९ १९:०१
136
Shares

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-९ चमेलिया नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । शनिबार अपराह्न गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा महिलाको शव डुबेको अवस्थामा फेला परेको हो ।

अपराहृन ४ बजेतिर चमेलिया नदी किनारमा डुबेको अवस्थामा शव फेला परेको इप्रका गोकुलेश्वका इन्चार्ज वीरेन्द्रसिंह थापाले बताए । शवको पहिचान हुन सकेको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *