संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव सम्पन्न

डिसी नेपाल
७ माघ २०७९ १९:१५
76
Shares

काठमाडौं । लाखौं साई प्रेमिहरूका आस्थाका प्रतीक श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव भव्य समारोहबीच सम्पन्न भएको छ ।

श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव विविध मानव सेवाका सामाजिक कार्यक्रमहरू गर्दै सम्पन्न भएको हो । काठमाडौको सानो गौचरनमा निकै भव्य र दिव्य समारोहबीच सम्पन्न उक्त कार्यक्रममा हजारौं स्वदेशी तथा विदेशी साइ भक्तहरूको उपस्थिति थियो ।

गत पुस २ गतेदेखि सुरु भएको ३५ दिने उक्त सुभ जन्मोत्सव कार्यक्रमहरुमा पुष १६ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको थियो, कार्यक्रममा उल्लेख्य साइ भक्तहरूले रक्तदान गरेका थिए । यसैगरी जाडो र शितलहर लाई मध्यनजर गर्दै श्री संजय साइ सेवा अर्गनाइजेसनले चितवन, भैरहवा, रुपन्देही, सुनसरी, कटाहारी, विराटनगर, पाल्पा, पर्सा, मकवानपुर, धादिङ, काठमाडौ , सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकलगायत जिल्लामा गरिब असाहाय र विपन्न वर्गका परीवारहरूलाई लक्षित गरेर प्रतिपरिवार एक थानका दरले तीन हजार थान न्यानो ब्लान्केट वितरण गरिएको थियो भने आर्थिक रुपमा विपन्न डेढ दर्जन महिला उधमीहरूलाई निःशुल्क सिलाइ मेशिन हस्तान्तरणसमेत गरेको थियो ।

संस्थाले केही दिन अघि मात्र राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रुपमा विविध क्षेत्रमा रहेर देश र जनताको लागि बिशेष योगदान पुर्‍याउनु भएका दुई दर्जन भन्दा बढी राष्ट्रिय कलाकार, संगीतकर्मी, तथा समाजसेवीलार्इ श्री संजय साइ अन्तर्राष्ट्रिय अवार्ड द्वारा बिशेष सम्मान गरिएको थियो ।

यसरी बिबिध सामाजिक तथा मानवीय सेवाका अभियानहरू निःशुल्क स्वास्थ शिविर, अनाथ आश्रम, वृद्द आश्रम र बाल आश्रममा बृहत् नारायण सेवाका कार्यहरू सञ्चालन गर्दै माघ ६ गते श्री सन्जय साई बाबा को ३५ औ दिव्य अवतार महोत्सव भव्य रुपमा सम्पन्न भएको छ।

अन्तिम दिन को कार्यक्रममा विविध झांकी, नृत्य कलश यात्रासहित भव्य रुपमा रथारोहण कार्यक्रम आयोजना गरीएको थियो । श्री संजय साई बाबाको दिव्य बाहुलीबाट दीप प्रज्वलनगरी समुद्घाटन गरीएको भब्य समारोहमा नेपाल सरकारका विशिष्ट ब्यक्तित्वहरूको बाक्लो उपस्थिती थियो।

कार्यक्रममा भारत, ओमन, अस्ट्रेलिया, अफ्रिका, बेलायत तथा अमेरिकाबाट आएका हजारौं साई भक्तहरूले बाबालाई शुभजन्मोत्सव शुभकामना अर्पण गरेका थिए । भारतमा रहेका श्री संजय साई सेवा अन्तराष्ट्रिय संस्थाका अध्यक्ष श्री प्रताप ठक्करलगायत दर्जनौ च्याप्टर चेरमेन ज्युहरू र पदाधिकारी साई भक्त हरूको बाक्लो उपस्थिति थियो ।

दक्षिण भारत चेन्नाइबाट आएका ख्याती प्राप्त साइ भक्त कलाकारहरूले अत्यन्त भक्तिभावपूर्ण बिशेष सांगीतिक कार्यक्रम प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विभिन्न आध्यात्मिक पत्रिकाको लोकार्पणसमेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै श्री संजय साइ बाबाले जीवन र जगतका बारेमा निकैनै गहकिला विचारहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा नायक शिव श्रेष्ठ, अर्जुनजङ्ग शाहीलगायत चर्चित राष्ट्रिय स्तरका कलाकारहरूको पनि उपस्थिति थियो । कार्यक्रममा शुभजन्मोत्सब मूलसमारोह समितिका संयोजक तीर्थ प्रधानले स्वागत मन्तब्य राखेका थिए भने संस्था का अध्यक्ष अम्बिर केसी तथा अन्तराष्ट्रिय अध्यक्ष प्रताप ठक्करले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा श्री संजय साइ सेवा अर्गनाइजेसन नेपालका सम्पूर्ण पदाधिकारी हरूलगायत विशिष्ट ब्याक्तित्वहरूले श्री संजय साई बाबामा पुष्प गुच्छा अर्पर्ण गरेका थिए । कार्यक्रमलाई इमेज टेलिभिजन र भक्ति दर्शन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *