थाहा पाउनुहाेस् आजको मौसम

डिसी नेपाल
८ माघ २०७९ ८:०३
80
Shares

काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आइतबार(आज) बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहने छ। राति वाग्मती प्रदेश, मधेस प्रदेश, प्रदेश-१ का पहाडी भू-भागमा आंशिक बदली रहने छ। महाशाखाका अनुसार देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *