चिलीमा डाइनोसरका चार प्रजाति फेला
सान्टियागो। वैज्ञानिकहरूले चिलीको पाटागोनियाको एक दुर्गम उपत्यकामा चार प्रजातिका डाइनोसरका अवशेषहरू फेला पारेको जनाएका छन्।
युनिभर्सिटी अफ चिलि र युनिभर्सिटी अफ टेक्साससँगको सहकार्यमा चिलियन अन्टार्टिक इन्स्टिच्युट (इनाच)ले एक खोजका क्रममा ती अवशेषहरू फेला पारेका हुन्। सन् २०२१ मा फेला परेका र प्रयोगशालामा पठाइएका जीवाश्महरू यस क्षेत्रमा पहिले पहिचान नभएका प्रजाति भएको बताइएको छ।
यी जीवाश्महरू अर्जेन्टिनाको सीमास्थित दक्षिणी चिलीको लास चिनस उपत्यकाको सेरो गुइडोमा फेला परेका थिए। फेला परेका जीवाश्मलाई अध्ययनका लागि प्रयोगशालामा लगिएको थियो।
अनुसन्धानकर्ताहरूले दुई चरा प्रजातिका अवशेषहरू पनि फेला पारेका थिए। तीमध्ये एक इनानटिओरनाइथ र अर्को अर्को ओरनिथुरिनेइ हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment