किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?
इस्लामाबाद। पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको छ।
‘प्रारम्भिक जानकारी अनुसार सोमबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे राष्ट्रिय ग्रिडले फ्रिक्वेन्सी गुमाएको अनुभव गर्यो, जसले गर्दा ठूलो समस्या भयो। प्रणालीलाई पुनर्जीवित गर्न द्रुत कार्य भइरहेको छ’, मन्त्रालयले एक विज्ञप्तिमा भन्यो।
कराँची, इस्लामावाद, लाहोर र पेशावरलगायत सबै प्रमुख सहरमा विद्युत् बन्द भएको थियो।
सोमबार बिहान प्रणालीहरू सक्रिय हुँदा जामशोरो र दादु शहरहरू बीचको देशको दक्षिणी भागमा फ्रिक्वेन्सी भिन्नता रिपोर्ट गरिएको ऊर्जा मन्त्री खुरुम दस्तगिरले जियो टिभी च्यानललाई भने।
‘भोल्टेजमा उतारचढाव थियो र एक एक गरेर प्रणालीहरू बन्द हुँदै गयो। यो ठूलो संकट होइन’, मन्त्री दस्तगीरले भने, ‘देशका केही ग्रिडहरू पहिले नै पुनस्र्थापित भइसकेका छन्।’







डिसी नेपाल







Facebook Comment