जाडोमा दैनिक अम्बा खानुहोस्, यस्ता छन् फाइदाहरु

डिसी नेपाल
९ माघ २०७९ १४:५६

काठमाडौं । अम्बा जाडो मौसममा बजारमा सबैभन्दा बढी बिक्री हुने फल हो । यो खाँदामा जति स्वादिष्ट हुन्छ, त्यति नै फाइदाजनक पनि हुन्छ । अम्बा जाडो मौसममा धेरैले घाममा बसेर खाने गर्छन् । अम्बामा प्रोटिन, भिटामिन सी, फाइबर तथा अरु महत्त्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्त्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरूले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।अमरुदमा धेरै पौष्टिक तत्व पाइन्छ, जुन स्वास्थ्य र छालाको लागि निकै फाइदाजनक हुन्छ ।

जाडो मौसममा पाइने अम्बा निकै स्वादिलो हुनुका साथै स्वास्थ्यवर्दक मानिन्छ । यस्ता छन् अम्बा खानुका फाइदाहरु:

पाचन प्रणालीलाई स्वस्थ राख्छः अम्बाको दानाको सेवनले पाचन प्रणालीलाई बलियो बनाउँछ । यसको बीउमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसले पाचन क्रियालाई राम्रो बनाउँछ ।अमरुको दानाको सेवनले कब्जियतको समस्या हट्छ । त्यसैले जाडो मौसममा यसको सेवन गर्नुपर्छ ।

तौल घटाउँछः अम्बाको दानाको सेवनले तौल घटाउन मद्दत गर्छ । अम्बामा कोलेस्ट्रोल हुँदैन । यसको बीउमा फाइबरको मात्रा धेरै हुन्छ। अर्कोतर्फ अम्बाको सेवनले पेट भरिएको महसुस गराउँछ, जसका कारण पेट लामो समयसम्म पूर्ण रहन्छ। त्यसैले तौल घटाउन चाहनुहुन्छ भने अम्बाको दानाको सेवन अवश्य गर्नुहोस् ।

मधुमेहमा फाइदाजनकः अम्बाको दानाको सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ । यसमा प्रचुर मात्रामा प्रोटिन हुन्छ जसले चिनी र चिनीको यौगिकलाई तोड्न मद्दत गर्छ, त्यसैले अमरूदको सेवनले मधुमेहको जोखिम कम गर्छ ।

आँखा तथा छालाको लागिः अम्बामा भरपूर मात्रामा भिटामिन ए पाइन्छ । जुन आखाको लागि लाभदायक छ । अम्बाको सेवनले रतन्दो तथा मोतियाविन्दु हुनबाट आखालाई बचाउँछ । त्यस्तै, अम्बाको सेवनले अनुहारको चाउरीपना कम हुनुका साथै अनुहार कालो हुनबाट जोगाउँछ । त्यस्तै, यसले अनुहारको रँगलाई समेत कायम राख्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *