धिरेन शाक्य अभिनित ‘छैन केही डर’ सार्वजनिक

डिसी नेपाल
१० माघ २०७९ ११:०८
88
Shares

काठमाडौँ। एक समयका चर्चाका अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन्। सामाजिक र पारिवारिक कथासहितको सन्देश दिँदै मात्र होइन प्रेमभाव जोडिएका गीति भिडियोमा समेत धिरेनले कम्मर मर्काउन भ्याउँछन्।

यो बीचमा गौरव गिरीको निर्देशनमा बनेको ‘छैन केहि डर’ बोलको गीतमा धिरेन जोडिएका छन्। सोमबार सार्वजनिक भएको उक्त गीतमा धिरेनले अभिनेत्री अनिता केसीसँग जोडी बाँधेका छन्।

अनिता उनै हुन् जसले २४ वर्षपहिले सार्वजनिक चर्चाको अनि हिट फिल्म ‘कमाण्डो’मा मुख्य भुमिका निभाएकी थिइन्। एक्सन फिल्म ‘कमाण्डो’ सँगै केसीले सेतोबाघ, छहारी, बसन्ती, सजायदेखि पूर्व पश्चिम लगायत दर्जनौं फिल्ममा अभिनय गरिसकेकी छिन्।

एकसमयका चल्तिका दुई अग्रज कलाकारलाई गिरीले जोडी बाँध्दा साथमा नुशा खातुन, भद्रजंग कुवंर, रामलक्ष्मण विष्ट र दुर्गाचन्द ठकुरीलाई पनि भिडियोमा देख्न सकिन्छ भने बालकलाकार द्वय उमंग हुमागाइँ र उत्कर्ष हुमागाइँ पनि भिडियोमा फिचर्ड छन्।

पारिवारिक कथा समेटिएको गीतको भिडियोमा सामाजिक कामले एउटा बस्तिको प्रतिनिधित्व गर्दै शहर हिँडेको श्रीमान हराएपछि परिवारमा उनको श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परिस्थितिलाई जोडिएको छ। बुबा हराएपछि परिवारका अन्य सदस्यबाट बालक छोरा अपहेलित हुनुपर्दाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। सबै कलाकारले जीवन्त अभिनय पस्केका छन्।

उक्त गीतमा स्वर विशम आचार्यको छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन्। गीतमा संगीत एरेञ्जको काम पनि गायक विशमले नै गरेका छन्।

भिडियोतर्फ भद्रजंग कुवंरको सम्पादन रहँदा छायांकन उत्तम हुमागाइँको छ। कलरको काम श्याम कुवंरले गरेका छन्। निर्देशक गिरीले नेपाली समाजको एक यथार्थतालाई भिडियोमा जोडिएको बताए ।भिडियोमा जोडिएको बताए । भिडियोका निर्माता आर कुमार हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *