काँकरभिट्टाबाट दिक्तेलतर्फ आउँदै गरेकाे बस दुर्घटना, सात जना घाइते

डिसी नेपाल
११ माघ २०७९ १३:४४

खोटाङ। काँकरभिट्टाबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ।

प्र. १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय नजिकै दुर्घटना भएको हो।

बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *