किसानलाई सहजरुपमा मल उपलब्ध गराउँछुः कृषिमन्त्री साह
कलैया । कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको बेथिति सुधार गर्दै किसानलाई सहजरुपमा मल उपलब्ध गराउने बताएकी छन् ।
बारा उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले किसानले भोग्दै आएका समस्यालाई क्रमशः सुधार गरेर अगाडि बढ्ने बताइन् ।
उनले मुुलुक कृषि क्षेत्रको विकासमार्फत् नै आत्मनिर्भर हुने भन्दै कृषि क्षेत्रका योजना कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री साहले कलैयामा आधुनिक कृषि बजार निर्माण गर्ने भन्दै कृषि बजार बनाउन छिट्टै प्रक्रिया सुरु गर्ने बताइन् । जिल्लामा उद्योगी व्यापारीले भोग्दै आएको समस्या समाधानका लागि आफूले पहल लिने उनको भनाइ छ ।
कार्यक्रममा संविधानसभाका सदस्य प्रमोद गुप्ता, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, सङ्घका पूर्वअध्यक्ष तेजनारायण साह, सङ्घका वर्तमान महासचिव रामअशिष साहलगायतले आफ्नो विचार व्यक्त गर्दै जिल्लाको सम्रग विकासमा चासो राखेर काम गर्न मन्त्री साहलाई आग्रह गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment