तीब्र माग र आपूर्तिमा सुधारको कारण टाटा मोटर्स नाफामा

डिसी नेपाल
११ माघ २०७९ २२:०५

मुम्बई । सेमीकन्डक्टरको अभाव कम गर्न र वस्तुको मूल्यमा स्थिरता ल्याउन दुई बर्षसम्मको निरन्तर प्रयासपछि भारतको टाटा मोटर्स नाफामा फर्किएको छ ।

‘जगुआर ल्याण्ड रोभर (जेएलआर)’ को मुम्बईस्थित मूल कम्पनीले गत बर्षको अन्तिम त्रैमासिक (अक्टुबर–डिसेम्बर) मा २९.६ अर्ब भारु(करिब ३६ करोड २५ लाख मिलियन अमेरिकी डलर) नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १५.२ अर्ब भारतीय रूपैयाँ घाटामा रहेको थियो ।

उत्पादनमा सुधार र प्यासेन्जर भेहिकल सेग्मेन्टमा बलियो मागका कारण सञ्चालनबाट हुने कुल आम्दानी २२.५ प्रतिशतले बढेर आठ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जगुआर ल्याण्ड रोभरको राजस्व २८.१ प्रतिशतले बढेर ६.०४ अर्ब पाउन्ड पुगेको छ ।

बेलायती सहायक कम्पनीले यसअघि २६ करोड ५० लाख पाउन्ड नाफा कमाएको छ भने अघिल्लो वर्षको सोही त्रैमासिकमा ९० लाख पाउण्ड घाटा व्यहोरेको थियो ।

अन्तरिम प्रमुख कार्यकारी अधिकृत एड्रियन मार्डेलले एक विज्ञप्तिमा भने, “पछिल्लो त्रैमासिकमा चिपको अभाव कम भएको छ र उत्पादन र विक्री बढेको छ ।

कम्पनीका अनुसार चीनमा अटो डिलरसिपको बिक्री लकडाउनका कारण प्रभावित भएको छ भने कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धलाई खुकुलो पारिएपछि चालु त्रैमासिकमा सामान्य हुने अपेक्षा गरिएको छ ।

बेलायतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी जेएलआरमा बाँकी रहेको अर्डर डिसेम्बरको अन्त्यसम्ममा दुई लाख १५ हजार युनिट पुगेको छ ।

कम्पनीले सन् २०२५ मा आफ्नो सोलिहुल प्लान्टमा निर्मित पूर्ण इलेक्ट्रिक जगुअर मोडेल लन्च गर्ने बताएको छ ।

टाटा मोटर्सको व्यवसायिक सवारी साधन विक्रीबाट प्राप्त हुने आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २२.५ प्रतिशतले बढेर १६८.९ अर्ब भारु पुगेको छ ।

आपूर्ति र मागमा ‘भूराजनीतिक अवस्था, मुद्रास्फीति र ब्याज दर जोखिम’ औंल्याउँदै कम्पनीले प्रमुख विदेशी बजारहरूमा कमजोर मागका कारण व्यावसायिक सवारी साधन निर्यात कमजोर रहेको बताएको छ ।

गत त्रैमासमा यात्रुवाहक सवारी साधनको मागमा विक्री भएको छ । राजस्व ३७.४ प्रतिशतले बढेर ११६.७ अर्ब भारु पुगेको छ ।कूल एक लाख ३८ हजार नौसय सवारी साधनको खुद्रा बिक्री भएको छ, जुन लामो समयपछिको सुधार हो ।

मुम्बईमा बुधबार टाटा मोटर्सको शेयर ०.७३ प्रतिशतले घटेर बन्द भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *