पिटले हटाए किमको नामका ट्याटु
लसएञ्जल्स। हलिउड स्टार किम कार्दशियन प्रायः कुनै न कुनै कुराका कारण चर्चामा आइरहन्छिन्। आफ्नो बोल्ड तस्वीरका कारण इन्टरनेटमा छाइरहने किम प्रेमजीवनका कारण पनि चर्चामा आउँछिन्।
कहिले पूर्व पति कान्ये वेस्टका साथ झगडाका कारण त कहिले कमेडियन र अभिनेता पीट डेविडसनसँग आफ्नो सम्बन्धलाई लिएर किमको प्रेमजीवन चर्चामा आइरहन्छन्। यद्यपि कान्येसँग अलग्गिएपछि किमको सम्बन्ध पीटसँग केवल नौ महिनामात्र चलेको थियो।
तर पीट र किमको सम्बन्ध एकपटक पुनः चर्चामा आएको छ। चर्चामा आउने कारण हो कमेडियनको ट्याटु। पीटले अधुरो प्रेमको सबै निशानलाई हटाएका छन्।
पीटले किमसँग सम्बन्धमा रहँदा आफ्नो शरीरमा उनको नामका ट्याटु बनाएका थिए। तर अहिले उनले किमसँग नाम जोडिएका सबै ट्याटु हटाएका छन्। किमसँग सम्बन्धमा रहँदा पीटले किम र उनका सन्तानको नामको ट्याटु बनाएका थिए। किमको बच्चाको पहिलो अक्षरलाई पीटले गर्धनमा ट्याटु बनाएका थिए। तर हालै सार्वजनिक पीटको तस्वीरमा त्यो ट्याटु देखिएको छैन। यो जोडी अलग्गिएको पाँच महिनामात्र भएको छ।
पीटले शरीरमा किम र उनको सन्तानसँग जोडिएको ट्याटु हटाउनुको कारण पीटको चेस सुई वन्डर्ससँगको सम्बन्धलाई कारक मानिएको छ। हालका दिनमा पीट र चेसको सम्बन्धको चर्चा हलिउडमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment