भारतीय सिनेमाको सबैभन्दा ठूलो ओपनर बन्यो ‘पठान’, एकैदिन कमाए ५४ करोड

डिसी नेपाल
१२ माघ २०७९ १०:४०

काठमाडौँ।  पठान आइपुग्यो… अनि यस्तो आयो कि बक्स अफिसमा आतंक मच्चियो। करिब ४ वर्षपछि शाहरुख खान सिल्भर स्क्रिनमा कमब्याक गरेका छन्। सिल्भर स्क्रिनमा किंग खान ‘पठान’ फिल्ममार्फत कमब्याक गरेसँगै थिएटरहरूको मौनता र खडेरीको अन्त्य गरेको छ।

शाहरुख खानको फिल्म ‘पठान’ ले रिलिज भएको केही घण्टामै रेकर्ड तोडेको छ। ट्रेड एनालिस्ट रमेश बालाका अनुसार पठानले पहिलो दिन ५४ करोड कमाएको छ। योसँगै शाहरुख खानको अहिलेसम्मको सबैभन्दा ठूलो नन हलिडे ओपनर फिल्म बनेको छ।

भारतीय सिनेमाको इतिहासमा सबैभन्दा ठूलो ओपनिङ कलेक्सन KGF: Chapter 2 को नाममा थियो। केजीएफ २ को हिन्दी संस्करणले पहिलो दिन ५३.९५ करोड कमाएको थियो । यशको फिल्मले ओपनिङ डे कलेक्सनबाट सबै हिन्दी फिल्मको रेकर्ड तोडेको थियो। पठानले KGF: Chapter 2 लाई पछिपर्दै ठूलो ओपनरमा पठानले आफ्नो नाम दाखिल गराएको छ।

 

यता, तरण आदर्शका अनुसार चलचित्रले उत्कृष्ट प्रदर्शन गरेको छ। पिभीआर, आइनक्स र सिनेपोलिसको कुल मिलाएर हेर्ने हो भने ‘पठान’ले रिलिजको पहिलो दिन दिउँसो ३ बजेसम्म करिब २० करोड कमाएको बताइएको छ। योसँगै साँझ ८ः१५ बजेसम्म पठानको कमाई २५.०५ करोड पुगेको थियो।

पठानको क्रेज यस्तो थियो कि मध्यरात १२.३० बजे थिएटरमा पठानको शो चलिन्थ्यो । फ्यानहरु भित्र शाहरुख खानको फिल्म हेर्ने उत्साह देखेर वाईआरएफका निर्माताहरु अबेर राति शोमा दौडिए। २६ जनवरीको बिदाका लागि शो पनि बढाइएको छ। २६ जनवरीको बिदाबाट पठानलाई धेरै फाइदा हुने भएको छ । यस दिन पठानले पहिलो दिनभन्दा बढी कमाइ गर्ने विश्वास गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *