हृदयाघातबाट बच्न यी ५ फलफूलको जुस पिउनुहोस्

डिसी नेपाल
१३ माघ २०७९ १३:३७

काठमाडौं । उच्च रक्तचाप आजकल धेरै मानिसहरुमा सामान्य बन्दै गएको छ। यो समस्या बढ्दै जाँदा मुटुमा गहिरो असर पर्दा हृदयाघातको जोखिम पनि दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । यससँगै मधुमेह र मृगौला सम्बन्धी समस्या पनि तिव्र गतिमा बढ्छ । कामको चाप, खराब जीवनशैली र गलत खानपान उच्च रक्तचापको कारण हुनसक्छ ।

यस्तो अवस्थामा यसबाट बच्न दैनिक दिनचर्यामा केही परिवर्तन गरेर ताजा फलफूलको जुस पिउन सक्नुहुन्छ । त्यसोभए केही यस्ता जुसको बारेमा बताऔं, जसमध्ये बिहानको खाजामा पिउनाले रक्तचाप नियन्त्रणमा राख्नुका साथै रोगबाट बच्न सकिन्छ।

उच्च रक्तचापबाट बच्नको लागि केही जुसः

नरिवल पानी– गुणले भरिपूर्ण नरिवल पानीको सेवनले संक्रमणको जोखिम धेरै पटक कम गर्छ। रक्तचापका बिरामीका लागि यो निकै फाइदाजनक हुन्छ । नरिवलको पानीमा पोटासियमको मात्रा बढी हुने भएकाले यसले शरीरमा सोडियमको प्रभावलाई कम गर्न मद्दत गर्छ ।

चुकन्दरको रस– चुकन्दरमा भिटामिन, क्याल्सियम, आइरन, एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टि भाइरल गुण हुन्छ । यसको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्दै जाँदा रोगहरुबाट पनि सुरक्षा हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै रगत बढाउन र तौल घटाउन मद्दत गर्छ ।

अनारको रस– अनारमा भिटामिन, आइरन, फोलेट, एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यसको रस सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ र रोगसँग लड्ने शक्ति प्रदान गर्छ ।

टमाटरको रस– टमाटरमा भिटामिन, क्याल्सियम, आइरन, एन्टिअक्सिडेन्ट, एन्टि ब्याक्टेरियल गुण हुन्छ । यसलाई काँचो खाँदा वा दैनिक १ गिलास जुस पिउनाले रक्तचाप नियन्त्रणमा रहन्छ र मुटुलाई स्वस्थ राख्छ।

हिबिस्कस फूलको रस– एक अनुसन्धानका अनुसार हिबिस्कस चिया वा जुसको सेवनले रक्तचाप नियन्त्रणमा राख्नुका साथै मुटुलाई स्वस्थ राख्छ । यसमा पाइने एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल गुणले उच्च रगतको समस्यालाई हटाउँछ र शरीरलाई अन्य रोगको चपेटामा पर्नबाट पनि बचाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *