पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी

डिसी नेपाल
१३ माघ २०७९ १४:१५

मुम्बई। बलिउड अभिनेता सञ्जय दत्त र अरशद वारसीले फिल्म ‘मुन्नाभाइ एमबीबीएस’मार्फत दर्शकको मन जिते। फिल्ममा उनीहरूको अभिनयलाई दर्शकले खुबै मन पराए । फिल्ममा सञ्जय ‘मुन्नाभाइ’ र अरशद ‘सर्किट’को भूमिकामा थिए । अब यो जोडी पुनः दर्शकमाझ आउने तयारी गरिरहेको छ।

सञ्जयले बिहीबार आफ्नो इन्स्टाग्राम एकाउण्टमा नयाँ फिल्मको पोस्टर शेयर गरेका छन्। यो पोस्टरमा सञ्जय र अरशद जेल भित्र छन्। दुवैले कैदीको कपडा लगाएका छन्।

‘हाम्रो पर्खाइ तपाईंहरुको भन्दा धेरै बढी थियो, तर अब त्यो पर्खाइ सकिएको छ। म आफ्नो भाइ अरशदका साथ एकपटक पुनः ठूलो फिल्म लिएर आउँदैछु’, उनले लेखेका छन्।

सञ्जयका अनुसार सन् २०२३ मा रिलिज हुने फिल्ममा सिद्धान्त सचदेवको निर्देशन छ। फिल्मको निर्माता सञ्जय स्वयम् हुन् । सञ्जय र अरशदले सन् २००३ मा रिलिज फिल्म ‘मुन्नाभाई एमबीबीएस’ र सन् २००६ मा ‘लगे रहो मुन्नाभाइ’मा अभिनय गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *