लघु कथा : मैले फेरि जन्मिनु पर्छ नेपालको नागरिक हुनलाई ?

‘एण्डी, मेरो विदा रद्द गरिदेऊ न है मिल्छ भने’ मेरी हाकिम अचम्म मानेर हेर्छे। ‘हँ, के भनेको? तिमी नै होइनौ एक वर्ष अगाडिदेखि नै समरमा विदा देउ है । म आफ्नो देश जान्छु’ भनेर सधैं ओभरटाइम काम गरि राख्ने? अस्तिसम्म पनि मेरो जग्गा जमीनको काम छ यति छोटो विदाले पुग्दैन भनेकी होइनौ?’ एण्डी आश्चर्य चकित भएर हेर्छिन्।

हुन पनि हो त नि एक वर्षदेखि नै मेरो नेपाल जाने भन्ने योजना भएको थियो। नेपालमा जग्गा जमिन किनेर सानो घर बनाएर बस्ने र सामाजिक काम गर्ने सपनाको बताइसकेकी थिएँ।

अमेरिकाको जुन सुकै क्षेत्रमा पनि म जस्तै विदेशी कर्मचारीहरु उल्लेखनीय रुपमा नै हुने गर्दछन्। जुनसुकै देशबाट आएका भए पनि हाम्रो रहर र सपना उस्तै उस्तै हुने गर्छ। साथै यहाको आफ्नो योजनाको तर्जुमा पहिलेदेखि नै गरिन्छ। विदा लिनुदेखि रिटायर्ड लाइफसम्मका कुराहरु एकापसमा गरिन्छ।

हातमा मोती बोकेर आमाको मुहारमा मुस्कान हेर्न बढेका पाइला अनायासै रोकिन्छन्। मुटुमा बोकेको नागकिकता चिसो बनिसकेछ। एण्डी मलाई विदा चाहिन्न, जे जसो भए पनि यहीं स्विकारेको छौ। भनेर कसरी भनुँ?

त्यसैले मेरो योजना पनि करिव करिव सबै कर्मचारीलाई थाहा थियो। त्योमाथि बर्षौंपछि स्वदेश फर्केने कुराले प्रफुल्लित भएकी म कतिखेर आफ्ना खुशीका झिल्का देखाइहाल्थें मनका भाव पोखिहाल्थें।

स्वभावैले कर्मठ र इमान्दार भनेर चिनिएका छौं हामी नेपाली। घरमा बस्दाभन्दा काममा जादा या अन्यत्र जादा दिनमा कैयनपटक आफू नेपाली हुँ भनेर परिचय दिनु पर्ने अवस्था भएर पनि होला नेपालमा हुँदाभन्दा बढी आफू नेपाली हुनुको आभाष विदेशमा बस्दा हुने रहेछ।

प्रत्येकजसो ग्राहकले सौहार्दपुर्वक सोध्छन्, ‘तिमी कहांबाट नि?’ हास्दै उत्तर दिन्छु,’ मेरिल्याण्डबाट’ इनीहरु अझै हांस्दै खोतल्छन्, ‘ए हौ र! यति मिठो लवज चाहि कहांबाट नि’? अनेकप्रकारले पनि आफू नेपाली हुनुको परिचय दिन पर्छ। यो प्रश्न प्राय जसो सबैलाई सोधिन्छ।

सधैं आफ्नो परिचय दिएर बाँच्नु पर्ने बाध्यताले धेरैचोटि स्वाभिमानको जग हल्लाएको हो तर पनि जीजिविषाका कर्कश स्वरले लखाटेर सात समुन्द्रपारि आइ सकेपछि हातभरि मोती बटुलेर नै नेपाल फर्किउँला र मोती अर्पण गरी आमाको काखमा चयनसँग सुतौंला भनी योजना बनाएर नेपाल जाने टिकट किनेकी थिएँ।

हातमा मोती बोकेर आमाको मुहारमा मुस्कान हेर्न बढेका पाइला अनायासै रोकिन्छन्। मुटुमा बोकेको नागकिकता चिसो बनिसकेछ।

एण्डी मलाई विदा चाहिन्न, जे जसो भए पनि यहीं स्विकारेको छौ। भनेर कसरी भनुँ? एण्डी एक तिक्ष्ण नजर हेर्दै अर्कोतिर लाग्छिन्। म टोलाइ रहेछु। कसरी भनुं म मेरो परिचयको लागि अग्नी परीक्षा दिनु पर्छ मेरो जन्मभुमिमा मैले फेरि जन्मिनु पर्छ नागरिक हुनलाई!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *