धमिलिकुवामा १५ शैय्याको अस्पताल निर्माणकार्य सुरु

डिसी नेपाल
१५ माघ २०७९ ८:४६

लमजुङ। इनास नगरपालिका ६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी गरिएको छ। स्वास्थ्य चौकीको स्तरोन्नति संगै भौतिक पूर्वाधारले सुविधा सम्पन्न गरेर यसलाई अस्पताल बनाइने नगरपालिकाले जनाएको छ।

हाल स्वास्थ्य चौकी रहेको उक्त ठाउँमा १५ शैय्याको अस्पताल निर्माणका लागि भवन निर्माणकार्य सुरु भएको छ। गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले उक्त भवनको शिलान्यास गर्दै अहिलेको स्वास्थ्य चौकी स्तरोन्नति भएर अस्पताल बनेमा राइनास नगरपालिकाका स्थानीयले गाउँघरमै राम्रो उपचार सेवा पाउने बताए।

राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले राइनास क्षेत्रका नागरिक स्वास्थ्य सेवा लिन टाढा जानु परेको र सरकारी सेवा सुविधासहितको स्वास्थ्य सेवा पाउन नसकेको अवस्थामा स्तरोन्नति हुने गरी धमिलिकुवा स्वास्थ्य चौकीको भवन निर्माणकार्य सुरु भएको बताए।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ करोड रुपैयाँ लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो। भवनका लागि मात्रै १२ करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएकोमा भगवती निर्माण सेवा काभ्रेपलान्चोकले भ्याटसहित ७ करोड ९५ लाखमा निर्माण गर्ने सम्झौता गरेको नगरपालिका प्रमुख गोकर्णराज सुयलले बताए। उनका अनुसार २०८१ बैशाख मसान्तसम्म सक्ने गरी गत पुस २० गते निर्माण व्यवसायीले सम्झौता गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *