भारतीय मन्त्रीलाई सुरक्षाकर्मीले गरे गोली प्रहार

काठमाडौं । भारतका एक मन्त्रीलाई सुरक्षाकमीले नै गोली प्रहार गरेका छन् ।
भारतको उडिसा राज्यका बीजु जनता दलका स्वास्थ्य राज्यमन्त्री नाबा दासलाई एक कार्यक्रममा सहभागी हुन गाडीबाट ओर्लिएलगत्तै उनीमाथि गोलीप्रहार भएको हो ।
गोली प्रहार गर्ने प्रहरीका असइ गोपाल दास रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले गोली किन चलाए भन्ने अझै प्रष्ट हुन सकेको छैन ।
सो घटनापछि बिजु जनता दलका नेता कार्यकर्ताहरु आक्रोशित भएर धर्नामा बसिरहेका छन् ।
प्रतिक्रिया
Facebook Comment