बैतडीमा जीप दुर्घटना

डिसी नेपाल
१६ माघ २०७९ १८:१५
12
Shares

बैतडी । बैतडीमा जीप दुर्घटना भएको छ । दशरथचन्द नगरपालिका–५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से१ज ३३१ नम्बरको जीप सोमबार बिहान ११ बजे दुर्घटनामा भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले बताए।

गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पुर्‍याएर गोठलापानी फर्कदै गरेको जीप दुर्घटनामा भएको हो । जीप सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जीपमा चालकमात्रै रहेको बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *