‘छक्का पन्जा ४’ को ‘दर्शन सलाम’मा माग्नेदेखि स्वस्तिमासम्मको ठुम्का (भिडियो)
काठमाडौं। ‘छक्का पन्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ। डेभिड शंकर र सहिमा श्रेष्ठको आवाजमा रहेको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक गर्दै निर्माण टिमले आफ्नो औपचारिक प्रचारको समेत सुरुवात गरेको छ।
गीतमा राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरि, दिपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे माग्नेबुढा, बुद्धि तामाङ्ग, राज आचार्य लगायतका कलाकार फिचर रहेका छन्।
हेमराज बिसीको निर्देशनमा रहेको चलचित्र फागुन १९ गतेबाट रिलिज हुदैछ। दिपकराज गिरिको कथा रहेको चलचित्र आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रको कार्यकारी निर्मातामा केदार घिमिरे माग्ने बुढा र निर्मल शर्मा रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment