आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन

डिसी नेपाल
१७ माघ २०७९ ६:२९
48
Shares

काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को अध्यक्षमा सुधीर पराजुली पुनः चयन भएका छन्।

आइस्पानको सोमबार सम्पन्न भएको २२औं वार्षिक साधारण सभाबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्षमा पुनः चुनिएका हुन्।

यसैगरी, उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, सचिवमा भने सुरेन क्षेत्री र कोषाध्यक्षमा पुष्कर बडाल चयन भएका छन्।

कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदीप आचार्य, मधु अमात्य र सुजन थापा निर्वाचित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *