एनआइसी एसिया लघुवित्तको दोस्रो त्रैमास: खुद नाफासंगै घट्यो प्रतिशेयर आम्दानी

डिसी नेपाल
१७ माघ २०७९ १३:१३

काठमाडौँ। एनआइसी एसिया लघुवित्तले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ।  सार्वजनिक भएको विवरण अनुसार संस्थाको अधिकांश सूचकमा गिरावट आएको छ।  संस्थाले १४ करोड ९२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।  यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ६१.८५ प्रतिशतले काम हो।  गत वर्ष संस्थाले ३९ करोड १३ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसंगै खुद नाफा पनि घटेको देखिन्छ। संस्थाको खुद ब्याज आम्दानी ३४.८६ प्रतिशतले घटेर ५४ करोड ७६ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यसैअवधिमा यसले ८४ करोड ६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालन नाफा ६१.८९ प्रतिशतले घटेर २१ करोड ३० लाख १२ हजार रुपैयाँमा सीमित भएको छ।

दोस्रो त्रैमाससम्ममा संस्थाले ३ अर्ब ३६ करोड ६७ लाख निक्षेप संकलन गरेको छ भने २० अर्व ४४ करोड ४१ लाख कर्जा लगानी गरेको छ। समिक्षा अवधिमा संस्थाको खराब कर्जा २.४१ प्रतिशतले बढेर ३.३८ प्रतिशत पुगेको छ।

खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि गिरावट आएको छ। पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६६ पैसाले घटेर १७ रुपैयाँ २१ पैसामा आएको छ। प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४३ पैसा रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *