सुर्खेतमा गाडी दुर्घटना हुँदा १३ जना घाइते

डिसी नेपाल
१७ माघ २०७९ १९:२८
48
Shares

कालीकोट। सुर्खेतबाट कालीकोटतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेखस्थित रामाघाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन्। अन्य आठ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ।

११ जना यात्रु र दुई जना चालक गरी १३ जना रहेकोमा सबै जना घाइते भएको प्रहरीको भनाइ छ। घाइतेहरूको पहिचान हुन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *