कालिञ्चोक दर्शनको आईपीओ बिहीबार बाँडफाँड हुने

डिसी नेपाल
१८ माघ २०७९ १०:५०

काठमाडौँ। कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड माघ १९ गते (बिहीबार) हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले बिहीबार बिहान ९ः३० बजे आइपिओ बाँडफाँड हुने जनाएको छ।

लघुवित्तको उक्त आइपिओमा१ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन परेका छन्। यस आइपिओमा माग भन्दा झन्डै १८.५२ गुणा बढी आवेदन परेको छ। यो आईपीओ गोलाप्रथामार्फत बाँडफाँट हुनेछ । जसमा ८९ हजार ६४० जनाले मात्र सेयर हात पार्नेछन् । भने, बाँकी १३ लाख ४३ हजार जनाको भने हात खाली हुनेछ ।

माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमा १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणले आवेदन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *