सुन्तलाको बिरुवा बिक्री नहुँदा कृषकलाई लाखौं नोक्सानी{भिडियो}

डिसी नेपाल
१८ माघ २०७९ १५:१०

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले उत्पादन गरेको सुन्तला बिक्री नहुँदा लाखौ नोक्सानी भएको छ । फगाममा पचास लाख मूल्य बराबरको एक लाख सुन्तलाका बिरुवा छन् । निशुल्क बाँड्न खोज्दा पनि लैजान कोही पनि आएका छैनन् । बिरुवाले बजार नपाएपछि फगामका कृषक नर्सरी व्यवसायबाट विस्थापित हुन थालेका छन् । दश जना मध्य छ जनाले बिरुवा उत्पादन गर्न छोडेका छन् ।

फगाम म्याग्दीको सुन्तलाको विरुवाको स्रोत केन्द्र हो । बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालेका कृषकले बताएका छन् । दुई वर्ष उमेरका सुन्तलाका बिरुवा रोप्नका लागि योग्य हुन्छन् । दुई वर्ष काटेका बिरुवा बिक्री नभएपछि उखेलेर फाल्नुको विकल्प नभएको कृषकहरुले बताएका छन् ।

बजार बिस्तार हुन नसकेको कारणले बिरुवा नबिकेको हो । केही वर्षअघिसम्म सुन्तलाको बिरुवाको माग अत्याधिक थियो । नयाँ नर्सरी बढेपनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *