गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक (भिडियो)
काठमाडौं। गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ।
सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसँगै गायिका रिता केसीले आवाज दिएका छन् भने शब्द र संगीत रवि मल्लको रहेको छ।
गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन्।
गीतको भिडियोमा विकास लामिछाने र अलिया अधिकारी प्रेमील जोडीका रुपमा प्रस्तुत भएका छन्। भिडियोलाई क्यामेरामेन दिनेश पराजुलीले खिचेका हुन् भने सम्पादन दिनसन साहले गरेका छन्।
त्यस्तै, भिडियोको निर्देशन एवम् कोरियोग्राफी केशव राज भट्टले गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment