भद्रपुर–सलकपुर सडक ६ प्रतिशत कालोपत्र

डिसी नेपाल
१९ माघ २०७९ १०:०३
32
Shares

झापा। झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ। कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्र गरिएको छ।

पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २६ करोड ६९ लाख लागतमा भद्रपुर–सलकपुर सडक कालोपत्र गर्न थालिएको हो।

“सडकको हालसम्मको वित्तीय प्रगति छ प्रतिशतमात्र भएको छ”, उनले भने। निन्दा पुलदेखि इँटाभट्टासम्म तथा इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म सडक कालोपत्र गर्न लागिएको साहको भनाइ छ।

सो सडक निर्माणपछि इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायत क्षेत्र पुग्न सजिलो हुने छ । कृषिजन्य वस्तुको बजारीकरण गर्न किसानलाई सहज हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *