‘पठान’को कमाइ र सफलताबारे शाहरुख खानले के भने ?

डिसी नेपाल
१९ माघ २०७९ १०:१५

काठमाडौं । ‘पठान’को सफलताको बारेमा शाहरुख खानले सोमबार भनेका छन्, ‘पूरा बलिउड यस फिल्मको सफलताको लागि उत्सुकतापूर्वक पर्खिरहेको छ ।’ यस्तो अवस्थामा सिंगो उद्योगलाई पुनर्जीवित गरेकोमा उनले जनतालाई धन्यवाद दिए ।

मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा खानले चार वर्षको थकान यस फिल्मको चार दिनमा भएको भव्य सफलताले हटेको बताए । यस पत्रकार सम्मेलनमा उनीसँगै दीपिका पादुकोण, जोन अब्राहम र निर्देशक सिद्धार्थ आनन्द पनि थिए ।

बाइकट अपिलको बावजुद शाहरुख खानले फिल्मलाई भव्य सफल बनाउन र धेरै मायाको वर्षा गरेकोमा आफ्ना फ्यानहरूलाई धन्यवाद दिएका छन्। उनले यो चलचित्र निर्माणमा संलग्न व्यक्तिहरुलाई धन्यवाद समेत दिए ।

शाहरुख खानले भने, ‘धेरै पटक हामीले मानिसहरूलाई फोन गरेर शान्तिपूर्वक हाम्रो फिल्म रिलिज गर्न दिन आग्रह गर्नुपरेको थियो । फिल्म हेर्न र बनाउन पाउनु राम्रो अनुभव हो र यो फिल्म रिलिज गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *