शाहरुख खानको ‘पठान’ ले ६ दिनमा ६०० करोड कमायो
काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’को कमाई छैटौं दिनमा ६०० करोड नजिक पुगेको छ ।
गत बुधबार रिलिज भएको ‘पठान’ ले रिलिजको छैटौं दिनसम्म ५९१ करोड रुपैयाँ कमाएको यशराज फिल्म्सले जनाएको छ ।
समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार आइतबार फिल्मको कुल कलेक्सन ५४२ करोड पुगेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार छैटौं दिन अर्थात सोमबार फिल्मले भारतमा कुल २६.५ करोड कमाएको छ ।
योसँगै भारत बाहिर फिल्मले छैटौं दिन कुल १६ करोड रुपैयाँ कमाएको छ ।
प्रतिक्रिया
Facebook Comment