कविता : अदृश्य लेखक

नारायण कोइराला
२१ माघ २०७९ ६:४७

मेरो मृत्यु हुँदा उ रुन नपरोस्
उ जिउँदो छँदा म रुन नपरोस्
मेरा समस्या उसका हौंउन
उसका खुसी मेरा हौंउन
उ मेरो होस् म उसको हुन सकुँ

थाहाँ छ, न उ मेरो दुःख रोक्न सक्छ
न म उसको खुसी खोस्न सक्छु
न उ सँग भएको मेरो हो
न म सँग भएको उसको हो

भन्छन् भाग्यले लेखिदिएको हुन्छ
उसको अलग भाग्य लेख्यो होला
मेरो अलग लेख्यो होला
लेख्ने बेलामा उ र म मा के भिन्नता देख्यो होला
हातखुट्टा,नाककान,मुख, हग्नेमुत्ने सबै उस्तै छ त

मात्र भाग्य चाहिँ किन फरक?
किन गरीब? किन धनी?
किन चोर? किन भ्रष्टाचारी?
किन इमान्दारी? किन बैमान?
छलकपट त भाग्य लेख्नेले गर्‍याे
त्यसको परिणाम की म भोग्नु पर्‍याे

की उसलाई भोगाउनु पर्यो भाग्य लेख्ने त अदृश्य र गुमनाम बनेर बगिरह्यो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *