आसाममा बाल विवाहविरुद्ध अभियान, करिब १८ सय पक्राउ
गुवाहाटी। आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ। सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन्।
आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माको निर्देशनमा बिहीबाररातिदेखि बाल विवाहविरुद्ध राज्यव्यापी कारबाही थालिएको बताउँदै प्रहरी महानिरीक्षक एवम् आसाम प्रहरीका प्रवक्ता प्रशान्तकुमार भुयानले राज्यभरबाट पक्राउ परेकामध्ये एक सय ३१ जना एकै स्थान विश्वनाथका रहेका एएनआईलाई जानकारी दिए।
राज्यव्यापीरूपमा बाल विवाह रोक्न मुख्यमन्त्रीबाट प्राप्त निर्देशनअनुसार राज्यभरका प्रहरी त्यसविरुद्ध आक्रामक भएर लागेका उनले बताए।
उमेर नपुगेका युवतीसँग विवाह गरेको आरोपमा माजुली जिल्लाबाट छ जनालाई नियन्त्रणमा लिईको छ भने गुवाहाटीमा मात्र बालविवाहसम्बन्धी एक सय ९२ मुद्दा दर्ता भएका छन्।
गुवाहाटीबाट ५३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ। बाल विवाहमा संलग्न भएको अभियोगमा ध्रुवी जिल्ला प्रहरीले ९६ जनालाई हिरासतमा लिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment