इरानले पाकिस्तानलाई दियो धम्की
काठमाडौं । भोकमरी, आर्थिक संकट र विद्युत् अभावको सामना गरिरहेको पाकिस्तानको समस्याले झन् बढ्न सक्छ । आईएमएफलगायत पश्चिमी मुलुकसँग ऋणको याचना गर्ने पाकिस्तान अर्को समस्यामा परेको छ । अब इरानले पाकिस्तानलाई भारी जरिवाना लगाउने धम्की दिएको छ ।
इरानले पाकिस्तानलाई १८ अर्ब डलर जरिवाना लगाउने धम्की दिएको छ । जरिवानाको रकम यति धेरै छ कि पाकिस्तानले कुनै पनि हालतमा यति रकमको व्यवस्था गर्न सक्दैन।
इरानको यो धम्कीको कारण ग्यास पाइपलाइन हो। सन् २००९ मा पाकिस्तान र इरानबीच ग्यास पाइपलाइन बिछ्याउने सम्झौता भएको थियो । त्यतिबेला पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) को सरकार थियो। पीपीपी पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारीको पार्टी हो।
सम्झौता अनुसार पाकिस्तानले आफ्नो क्षेत्रमा करिब ८ सय किलोमिटर लामो पाइपलाइन बिछ्याउनु पर्ने थियो । काम सकिएपछि इरानले पाकिस्तानलाई ग्यास आपूर्ति गर्ने तयारी गरे पनि १४ वर्षदेखि यो आयोजना अलपत्र छ ।
यो पाइपलाइन अहिलेसम्म पूरा नहुनुको सबैभन्दा ठूलो कारण अमेरिका हो । अमेरिकाले इरानमाथिको प्रतिबन्धको कारण पाकिस्तानलाई परियोजना पूरा गर्नबाट रोकेको पाकिस्तानको दाबी छ । इरानले वर्षौं अघि नै आफ्नो पक्षमा पाइपलाइन बिछाइसकेको छ।
इरानी अधिकारीहरूले जब पाकिस्तानलाई आफ्नो पक्षमा पाइपलाइन पूरा गर्न माग गर्छन्, उसले अमेरिकी प्रतिबन्धहरू उद्धृत गर्दै इरानको मागलाई टार्छ। पाकिस्तानले भन्यो कि हामी (पाकिस्तान) पाइपलाइन बिछ्याउन तयार छौं तर अमेरिकी प्रतिबन्धका कारण त्यसो हुन सकेन। पाकिस्तानको यो ढिलाइबाट हैरान भएको इरानले उसलाई भारी जरिवाना लगाउने मन बनाएको छ ।
पाकिस्तानी मिडिया डेली टाइम्सका अनुसार तेहरानले पाकिस्तानलाई मार्च २०२४ सम्मको समय दिएको छ । त्यतिन्जेल पाकिस्तानले आफ्नो भूमिमा इरान–पाकिस्तान ग्यास पाइपलाइन बिछ्याए ठिक छ, तर त्यो काम सफल भएन भने इरानले थप कारबाही गर्न बाध्य हुनेछ ।
इरानी अधिकारीहरूले जनवरी २०२३ मा पाकिस्तानी अधिकारीहरूलाई कुनै पनि परिस्थितिमा निर्धारित समयभित्र ग्यास पाइपलाइन निर्माण गर्नुपर्ने बताइसकेका छन्।
पाकिस्तानको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ । सरकारले पनि देशको आर्थिक अवस्था खस्किएको स्वीकार गरेको छ । पछिल्लो अवस्थाको कुरा गर्दा गहुँको अभावका कारण पिठोको भाउ १ सय ५० रुपैयाँ नाघेको छ भने कुखुरा प्रतिकिलो ६ सय ५० र दूध प्रतिलिटर १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
विदेशी मुद्रा सञ्चिति घट्ने क्रममा रहेकाले सरकारले अत्यावश्यक वस्तु आयात गर्न समेत सकेको छैन । जसका कारण पेट्रोल–डिजेलदेखि दैनिक उपभोग्य वस्तुको अभावमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । ग्यास सिलिन्डरको मूल्य १० हजार पाकिस्तानी रुपैयाँ पुगेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment