प्रत्यक्ष टिभी प्रसारणमा प्रमाणपत्र च्यात्ने प्राध्यापकलाई तालिबानले पक्राउ गर्यो
काठमाडौं । तालिवानले महिला शिक्षाका लागि आवाज उठाउने अफगानी प्राध्यापकलाई पक्राउ गरेको छ । राजधानी काबुलका सडकमा नि:शुल्क पुस्तक वितरण गरिरहेको बेला उनलाई पक्राउ गरिएको हो ।
तालिबानले अहिलेसम्म आधिकारिक रूपमा इस्माइल मशाललाई गिरफ्तार गरेकोबारे कुनै प्रतिक्रिया दिएको छैन, तर तालिवानको सूचना मन्त्रालयका एक सदस्यले सामाजिक सञ्जालमा उनीसँग निष्पक्ष व्यवहार गरिएको दाबी गरेका छन्।
इस्माइल मशाल टिभीमा प्रत्यक्ष प्रशारणका क्रममा आफ्नो शैक्षिक कागजात र डिग्री च्यातेपछि चर्चामा आए । उनले महिला र केटीहरूको शिक्षामा प्रतिबन्धको विरोध गरे।
गत महिना, उनले बीबीसी अफगान सेवालाई भनेकी थिइन् कि पुरुषहरूले महिला अधिकारका लागि खडा हुनुपर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment