अमेरिकामा चिनियाँ ‘जासूस बेलुन’ देखिएपछि एन्टोनी ब्लिन्केनले बेइजिङ भ्रमण रद्द गरे

डिसी नेपाल
२१ माघ २०७९ ११:१४
52
Shares

काठमाडौं । अमेरिकाको आकाशमा चीनको ‘जासूस बेलुन’ भेटिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।

दुई देशबीचको सम्बन्धमा तनावपूर्ण वातावरणमा यो भ्रमण हुन लागेको हो । बेलुनलाई मौसमसम्बन्धी जानकारी सङ्कलन गर्न प्रयोग गरिएको र खराब मौसमका कारण बाटो हराएको चीनले जनाएको छ ।

अमेरिकी अधिकारीहरूले यो एक निगरानी बेलुन हो भन्ने दृढ विश्वास गर्छन्। चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा उक्त घटनाप्रति खेद व्यक्त गर्दै यो समस्या समाधान गर्न अमेरिकासँग काम गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *