क्यानडा र अमेरिकाका धेरै राज्यमा कडा शीतलहर, तापक्रम माइनस १७ डिग्रीसम्म पुग्ने अनुमान

डिसी नेपाल
२१ माघ २०७९ ११:२३

काठमाडौं । अमेरिका र क्यानडाका करिब १० करोड मानिस उत्तरी अमेरिकामा आजकल कडा जाडोको सामना गरिरहेका छन्।

देशको मौसम विभागले धेरै चिसो हावा चल्ने अनुमान गर्दै १० मिनेटभन्दा कममा शीतलहरको समस्या निम्त्याउन सक्ने बताएको छ ।

चिसो लहरमा छाला वा कहिलेकाहीँ छाला मुनिको तन्तु चिसो हुने खतरा हुन्छ र यसले मानव शरीरमा नराम्रो प्रभाव पार्न सक्छ।

मौसम विभागले क्यानडाको मनिटोबा प्रान्तबाट अमेरिकाको मेन प्रान्तका बासिन्दाहरूलाई शुक्रबार र शनिबार अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ।

अमेरिकामा खराब मौसमका कारण सोमबारदेखि ११ जनाको मृत्यु भएको छ । टेक्सासमा आठ, ओक्लाहोमामा दुई र अर्कान्सासमा एक जनाको मृत्यु भएको छ ।

तापक्रम घट्नुमा आर्कटिक क्षेत्रबाट आउने चिसो हावा जिम्मेवार रहेको बताइएको छ ।

अमेरिकाका धेरै राज्यहरूमा शुक्रबार दिउँसोसम्म धेरै रेकर्डहरू तोडिने अपेक्षा गरिएको छ, जहाँ कुल ८.२ लाख मानिसहरूले माइनस १७ डिग्री सेल्सियस वा सोभन्दा कम तापक्रमको सामना गर्नुपर्ने हुन सक्छ।

उदाहरणका लागि, मेन प्रान्तका केही भागहरूले १९७१ पछि सबैभन्दा कम तापक्रम रेकर्ड गर्ने अपेक्षा गरिएको छ। पोर्टल्याण्ड सहरमा हावा चिसो माइनस ४०.५ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *