अमेरिकाले युक्रेनलाई लामो दुरीका रकेट दिने

डिसी नेपाल
२१ माघ २०७९ ११:२५

काठमाडौं । रुससँगको युद्धमा सैन्य सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलरको थप प्याकेज दिने भएको छ । यसअन्तर्गत अमेरिकाले उसलाई लामो दूरीको गाईडेड रकेट दिने भएको छ ।

जमिनबाट प्रक्षेपण गरिने यो रकेटलाई कम व्यासको बम भनिन्छ। यो रकेट बाहेक अमेरिकाले यो प्याकेजमा युक्रेनलाई एयर डिफेन्स सिस्टम, एन्टी-ट्याङ्क मिसाइल र बख्तरबंद गाडी पनि दिनेछ।

यद्यपि, पेन्टागनका प्रवक्ता जनरल प्याट्रिक राइडरले पत्रकार सम्मेलनमा युक्रेनले क्राइमियामा रुसविरुद्ध यो लामो दूरीको रकेट प्रयोग गर्ने हो कि भनेर बताउन अस्वीकार गरेका छन्। उनले यसलाई कसरी प्रयोग गर्ने भन्ने निर्णय युक्रेनले गर्ने बताए ।

“युक्रेन सुरक्षा सहायता प्याकेजको एक भागको रूपमा, हामी युक्रेनलाई सानो व्यासको जमिनबाट प्रक्षेपण गरिने बम प्रदान गर्नेछौं,” उनले भने।

राइडरले भने, “यसले उनीहरूलाई लामो दूरीमा प्रहार गर्ने क्षमता दिनेछ, जसले उनीहरूलाई देशको रक्षा गर्न र रूसी कब्जामा रहेका आफ्ना क्षेत्रहरू फिर्ता लिन मद्दत गर्नेछ। जहाँसम्म यसको प्रयोगको सवाल छ, यो स्पष्ट रूपमा उनीहरूको निर्णय हुनेछ।”

उनले युक्रेनको वायु रक्षा क्षमतामा सुधार गर्नु अमेरिकी सहयोगको मुख्य केन्द्रविन्दु रहेको बताए । अमेरिकी रक्षा मन्त्रालयले यी हतियारहरूले युक्रेनी सेनाको वर्तमान फायरपावरलाई दोब्बर बनाउने बताएको छ।

ट्रान्स-एटलान्टिक थिंक ट्याङ्क ‘ग्लोबेस्क’ को किभ कार्यालयका निर्देशक लुलिया ओस्मोलोभस्काका अनुसार युक्रेनले रुसमाथि आक्रमण नगर्ने तर क्राइमियालगायत युक्रेनको भूभागको रक्षा गर्ने स्पष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *