त्रिवि मैदानमा नेपाली टिमको प्रशिक्षण (फोटोफिचर)

डिसी नेपाल
२१ माघ २०७९ १७:१७

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो चरणको बन्द प्रशिक्षण सुरु गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो ।

पहिलो चरणको प्रशिक्षणमा २८ खेलाडी टिममा परेपनि तिमध्येबाट १० खेलाडीलाई बाहिर राखेर क्यानले सन्दीप लामिछाने र प्रतिश जिसीलाई समावेश गर्दै दोस्रो प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा टिमले तयारी गरिरहेको छ ।

घरेलु मैदानमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी गरेको हो ।

तस्वीरः क्यान




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *