मिटरब्याजमा पैसा लगाएर आर्थिक शोषण गर्ने एक जना पक्राउ
जनकपुर। मिटर ब्याजको धन्दा गर्दै आर्थिक शोषण गर्ने दीलिप साह पक्राउ परेका छन्। गरिब र सोझाहरुलाई मिटर ब्याजमा पैसा लगाउँदै आएका ४१ वर्षीय साहलाई धुनषा प्रहरीले पक्राउ गरेको हो।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजबाट ठगी एवं शोषण गरेको उजुरी परेको थियो। उजुरीपछि उनलाई जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १ मा रहेको आफ्नै घरबाट पक्राउ गरेको हो।
प्रहरीले साहको साथबाट पुरानो पेस्तोल, गोली र तमसुकहरु पनि बरामद गरेको छ। उनको घर र पसलमा खानतलासी गर्दा पेस्तोसहित विभिन्न तमसुक फेला परेका हुन् । साहमाथि थप हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment