नेपालको पहिलो गभर्नर हिमालय समशेर राणा रहेनन्
काठमाडौं। नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको निधन भएको छ।
९६ वर्षको उमेरमा राणको आइतबार विहान साढे ६ बजे निधन भएको राणाका ज्वाइँसमेत रहेका कांग्रेस नेता सुनील थापाले डिसी नेपाललाई जानकारी दिए।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निमोनियका कारण उनको निधन भएको हाे। लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए।
हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन्।
पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका दुई छोरा र दुई छोरी छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment