पाकिस्तानका फास्ट बलर शाहिन शाह अफ्रिदी अलराउण्डर शाहिद अफ्रिदीका ज्वाइँ बने

डिसी नेपाल
२२ माघ २०७९ १०:०६

काठमाडौं । पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले शुक्रबार शाहिद अफ्रिदीकी जेठी छोरी अन्शासँग विवाह गरेका छन् ।

यस अवसरमा पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम सहित टोलीका धेरै खेलाडीहरू उपस्थित थिए।

सो अवसरमा सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्विर र भिडियोमा दुवै परिवारका आफन्त र साथीभाइहरु देखिएका थिए ।

मानिसहरूले शाहिन र शाहिद अफ्रिदीलाई बधाई दिइरहेका छन्।

पाकिस्तानको चर्चित अखबार द न्युज इन्टरनेशनलले पनि यो विवाहको तस्विर ट्वीट गरेको छ ।

२२ वर्षीय शाहिन अफ्रिदीले अहिलेसम्म २५ टेस्ट, ३२ एकदिवसीय र ४५ टी–२० खेलिसकेका छन् ।

उनले टेस्टमा ९९, एकदिवसीयमा ६२ र टी–२० मा ५५ विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *