रवि लामिछाने अयोग्य ठहर भएपछि कांग्रेस उम्मेदवारले स्वतः विजयीको माग गरे {भिडियो}

डिसी नेपाल
२२ माघ २०७९ १७:००

काठमाडौं । सर्वोच्च अदालतले चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेलाई अयोग्य ठहर गरेपछि स्वतः विजयी घोषणाको माग गर्दै कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले निर्वाचन आयोगका निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोग पुगेर आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने भन्दै निवेदन बुझाएको श्रेष्ठले बताएका हुन् ।

सर्वोच्चले उम्मेदवारको प्रक्रिया नै खारेज गरेपछि अब दोस्रो स्थानमा रहेको व्यक्ति स्वतः विजयी हुनुपर्ने उनको भनाइ छ । उनले रवि लामिछानेको उम्मेदवारी देखि सम्पूर्ण प्रक्रिया नै अवैंधानिक भएकाले आफुलाई निर्वाचित गर्नुपर्ने जिकिर गरे । आफ्ना पक्षमा आयोगले आवश्यक निर्णय नगरे अदालत जाने उनले बताए । यता निर्वाचन आयोगले भने रिक्त चितवन नंवर २ मा उपनिर्वाचन हुने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *